काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको कायापलट गर्नका लागि लगभग ६० खर्ब विकास रकम जुटाउनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
उनले मुलुकको विकासका लागि विश्वासको वातावरण आवश्यक रहेको दाबी गरे। उनले राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति लगायतका रणनीतिक पूर्वाधार लगायतका राष्ट्रका आधारभूत आवश्यकताका विषयमा राष्ट्रिय सहमतिको विकल्प नरहेको दाबी गरे।
प्रधानमन्त्री प्रचण्डले विस्तृत् शान्ति सम्झौताका अधुरा कार्यहरु पूरा गर्नु पर्ने बताए। उनले विश्वलाई रुपान्तरणको सन्देश दिनका लागि १ ठाउँमा उभिनुपर्नेमा जोड दिए। उनले यस अघि ९–९ महिना मात्रै प्रधानमन्त्री भएको उल्लेख गर्दै विगतका अनुभवको कमी, पार्टीभित्र र बाहिरको परिस्थितिले राजीनामा दिनुपर्ने बाध्यता आइपरेको स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।