काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब संसद्मा पक्ष र प्रतिपक्ष भन्ने कुनै पक्ष नै नरहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संसदमा पक्ष–विपक्ष नभएको बताएका हुन्।
उनले भने, ‘विद्यमान आजको संकटको घडीमा अब संसद्मा पक्ष–प्रतिपक्ष रहेन। प्रतिपक्षको नेता हुँदा–हुँदै पनि म उद्धार र पुनर्निर्माणका लागि मात्र होइन, संविधान निर्माणमा पनि राष्ट्रिय सहमति जुटाउन सहभागी भएँ।’
प्रधानमन्त्री प्रचण्डले देश अहिले पनि संकटमा रहेको बताउँदै त्यसको समाधान हुने दाबी गरे। उनले ५० लाख गरिबीको रेखामा रहेका नेपालीलाई माथि उकास्न र विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्काएर आत्मसम्मान जीवन दिनका लागि पनि अर्थपूर्ण सहकार्य आवश्यक भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।