काठमाडौं– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई अनुमोदन गर्न अहिले संसदीय दलको बैठक बसिरहेको छ।
कार्यसम्पादन समितिको निर्णयविरुद्ध लिखित असहमति व्यक्त भएको थियो। कांग्रेसको निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जुन नरसिंह केसी र बलबहादुर केसीले लिखित असहमति जनाएका छन्। आफूहरुले लिखित अहसमति जनाएको बलबहादुर केसीले जानकारी दिए।
जारी संसदीय दलको बैठकमा चार नेताको लिखित असहमति पत्र पढेर सुनाइएको एक सांसदले जानकारी दिए। ‘केन्द्रीय कार्यसम्पादन समितिको निर्णय यस्तो हो, यो निर्णयको विपक्षमा फलानो-फलानो ४ नेताले असहमति व्यक्त गर्नुभएको छ भनेर सुनाइएको छ,’ ती सांसदले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।