काठमाडौं- नेपाली कांग्रेस पदाधिकारी बैठकको अनौपचारिक छलफलमा विश्वासको मत दिने निष्कर्ष निस्किएको छ। वर्तमान सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँगको दूरी नबढाउन विश्वासको मत दिने निष्कर्ष निकालिएको एक नेताले बताए।
उनका अनुसार पदाधिकारी बैठकबाट निस्किएको उक्त निष्कर्षका विषयमा औपचारिक छलफल गरेर निर्णयमा पुग्न कार्य सम्पादन समितिको बैठक बोलाइएको छ। संसद् भवन बानेश्वरमा बस्ने उक्त बैठकले यस विषयमा औपचारिक निर्णय लिने बताइएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वास मत दिनुपर्ने बताएका थिए। सुरुमा केही नेताहरुले विपक्षमा मत राखेपनि अन्त्यमा सवै सहमत भएको ती पदाधिकारी बताउँछन्।
राष्ट्रपति, उपराष्ट्रपतिदेखि सभामुख तथा उपसभामुखको निर्वाचन बाँकी छ। उक्त निर्वाचनका समयमा समिकरण बदल्न सक्नेगरी यस्तो रणनीति कांग्रेसले लिएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।