काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितको बैठक बोलाएको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार ११:३० बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। उक्त बैठकपछि पुन: संसदीय दलको बैठक बस्ने र विश्वासको मतबारे निर्णय हुने महामन्त्री शर्माले बताए।
‘के निर्णयमा पुग्ने? के गर्दा लोकतन्त्रका लागि राम्रो हुन्छ?’ उनले भने, ‘यो अनौपचारिक भएकाले कार्य सम्पादन समितिले थप निर्णय गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।