काठमाडौं– प्रतिनिधि सभाको बैठक सरेको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
मंगलबारको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। उनी पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।