काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वीजयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरित कार्य भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्। यो कार्यले सहिदहरुको अपमान गर्ने र यसले विविधतामा एकता नभइ एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने उनले दाबी गरे।
जसपाले सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वीजयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको तर सरकारले उक्तदिन सार्वजनिक बिदा दिने निर्णय गरेका भन्दै अध्यक्ष यादवले आपत्ति जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।