काठमाडौं- राजनीतिक विश्लेषक हरि शर्माले प्रतिपक्षीविहीन संसद्ले अधिनायकवाद जन्माउने चेतावनी दिएका छन्।
‘प्रतिपक्षविहीन संसद्ले अधिनायकवाद जन्माउछ, प्रश्नविहीन समाज लोकतान्त्रिक हुनै सक्दैन’, शर्माले ट्विट गरेका छन्, ‘प्रचण्डको ध्येय आत्मकेन्द्रित अधिनायकवादी व्यवस्था स्थापित गर्नु हो, शेरबहादुर देउवा सदा तत्पर गोटी।’
प्रचण्डले शेरबहादुर देउवाको महत्त्वाकांक्षालाई टेको दिएर संसद्लाई प्रतिपक्षविहीन बनाउन तानाबाना गरिरहेको उनको भनाइ छ।
नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिने संकेत देखाइरहेको परिप्रेक्ष्यमा शर्माले धारणा सार्वजनिक गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।