काठमाडौं- नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिएको छ।
मंगलबार बसेको सो पार्टीको सचिवालय बैठकले सर्तसहित समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
'एकीकृत समाजवादीले अहिले विश्वासको मत दिन्छ। हाम्रा अजेन्डाहरु राखिनेछन्। ती अजेन्डाहरु पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ', उनले भने।
प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।