काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका लिला गिरीले आज दाबी पेश गर्दै छन्। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेतासमेत रहेका गिरीले सरकारको नेतृत्वका लागि दाबी पेस गर्ने भएका छन्।
यस्तै प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थनको आश्यकता पर्दछ।
प्रदेश प्रमुखले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्नका लागि आह्वान गरेका थिए। गिरीलाई नेकपा माओवादी केन्द्रलगायतका दलहरुको समर्थन रहेको छ।
सत्ता गठबन्धनभित्र भएको सहमतिअनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्षका लागि नै एमालेले पाउने भएको छ। लुम्बिनीमा एमालेका २९ सांसद रहेका छन् भन् माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३/३ जना सांसद रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।