काठमाडौं– प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
तर त्यसअघि पदाधिकारी बैठक बस्ने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदैछन्।
विश्वासको मत प्रदान गर्नका लागि प्रधानमन्त्रीले सबै दलहरुलाई अनुरोध गरिसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा भने विश्वासको मत सम्बन्धमा सकारात्मक देखिएका छन्। सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन्।
माओवादीसँग सौहार्दपूर्ण सम्बन्ध कायम राखेर देउवाले कुनै पनि बेला सत्तामा फर्किने दाउ हेरिरहेका छन्। प्रधानमन्त्री पद गुमे पनि राष्ट्रपतिमा उनको नजर छ। यता कांग्रेसका महामन्त्री गगन थापा लगायतका नेताहरु विपक्षमा मत दिनुपर्ने पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।