सुर्खेत– कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ। प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११:०० बजेका लागि तोकेका हुन्।
उनले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोकेका छन्।
चुनावको मिति तोकेसँगै प्रदेश सभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुवात गर्ने र माघ १ गते बिहान ११:०० सभाको बैठक प्रारम्भ, मत विभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।