काठमाडौं– नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्मदिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन्।
सोमबार संसद् बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभएर नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मान भएको बताएका हुन्।
उनले पुस २७ गते धेरै महत्त्वपूर्ण राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक बिदा दिन स्वागतयोग्य भएको टिप्पणी गरे।
उनले संसदमा राजनीतिक दलहरुको संख्या सत्ता शक्ति बदलिएको भन्दै बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहमति कायम गरेर निजामती विधेयकलाई अगाडि बढाउने बताए। उनले नागरिकता विधेयकमा धेरै विवाद नभएको भन्दै अघिल्लो सरकारले एमालेसँग सहकार्य र संवाद नगरेका आरोप लगाए।
उनले वर्तमान सरकारले नागरिकता विधेयक पास गर्न प्रतिपक्ष दलसँग समेत संवाद गर्ने बताए। भट्टराईले मेलमिलाप तथा सत्य निरुपन विधेयक ल्याउँदा प्रतिपक्ष दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।