काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ।
सोमबार सम्पन्न जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।
जसपाले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णय समेत गरेको छ। प्रधानमन्त्री प्रचण्डले मंगबार प्रतिनिधि सभामा विश्वासको मत लिने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।