• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमालेमा नयाँ गुट अंकुरण:  राष्ट्रपतिमा नेम्वाङ रोक्न डोरमणि, सभामुखमा विश्वकर्मा भर्सेस घिमिरे
64x64
डिबी खड्का सोमबार, पुस २५, २०७९  २०:४७
1140x725

काठमाडौं- प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमालेले अनपेक्षित रुपमा सत्ता-शक्ति हासिल गरेको छ। त्यो शक्ति प्राप्तिका लागि एमालेभित्र नयाँ गुट अंकुरण सुरु भएको छ।

गुटको अभ्यासबाट विभाजन खेपेको घाउ निको नहुँदै राष्ट्रपति र सभामुखका लागि पार्टीभित्रका दोस्रो तहका नेताहरू समूह निर्माणतर्फउन्मुख भएका छन्। चितवन महाधिवेशनमा महासचिव र वरिष्ठ उपाध्यक्षको पदका लागि भएको रस्साकस्सी नै अहिले गुट निर्माणको जग बनेको एक एमाले नेताले बताए।

एमालेले प्राप्त गरेको राष्ट्रपति र सभामुख पदका लागि गुट अनुसारकै आकांक्षी तयार भए/ गरिएका छन्। यसअघि राष्ट्रपतिका आकांक्षीका रुपमा देखिएका अनुहारमा गुटकै रस्साकस्सीका कारण नयाँ अनुहार थपिएको एमालेजनहरू नै बताउँछन्। राष्ट्रपतिमा डोरमणि पौडेल र सभामुखमा देवराज घिमिरे गुट अंकुरणकै कारण दौडमा थपिएका छन्। गुट सन्तुलनका लागि दुईमध्ये एकले बाजी मार्ने एमाले नेताहरू बताउँछन्।

राष्ट्रपतिमा नेम्वाङलाई ‘काउन्टर’
राष्ट्रपतिमा यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच प्रतिस्पर्धा हुने ठानिएको थियो। यी तीन अनुहारमा नेम्वाङले बाजी मार्ने आकलन गरिएको थियो।

रक्षामन्त्री हुँदा सेनासँगको खटपटका कारण पोखरेललाई राष्ट्रपतिका रुपमा अघि सार्न नसकिने भन्दै एमालेभित्रकै एक समूह सक्रिय भयो। त्यसपछि नेम्वाङको सम्भावना बढेको थियो। तर, नेम्वाङलाई रोक्ने एमालेभित्रकै अर्को गुट तयार भएको छ।

एमालेको चितवन महाधिवेशनमा नेम्वाङले महासचिवका लागि विष्णु पौडेलका पक्षमा लबिङ गरेको वर्तमान महासचिव शंकर पोखरेल लगायतको बुझाइ छ। त्यसैगरी नेम्वाङ वरिष्ठ उपाध्यक्षको समेत आकांक्षी बनेका कारण ईश्वर पोखरेल त्यही समयदेखि नेम्वाङसँग बक्र छन्।

अहिले वरिष्ठ उपाध्यक्ष पोखरेल र महासचिव पोखरेल नै नेम्वाङलाई राष्ट्रपतिमा रोक्न सक्रिय भएको बुझाइ उक्त पक्षका नेताहरूको छ। त्यसैले शीतल निवास निकट मानिएका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई अघि सारेर रोक्ने कसरत गरिएको उक्त पक्षका नेता बताउँछन्। तर, पार्टीभित्र भने डोरमणिको प्रवेशलाई नेताहरूले सहज रुपमा लिएका छैनन्। नेम्वाङ रोकिँदा गुटगत अभ्यासको स्पष्ट चित्र कार्यकर्तामाझ पुग्ने भन्दै केही नेताहरूले विरोध जनाइरहेका छन्। त्यसैले अझै नेम्वाङको सम्भावना बलियो नै छ।

सभामुखमा अर्कै संकेत
सभामुखका लागि यसअघि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङको चर्चा चलेको थियो। अध्यक्ष ओलीले प्रष्ट संकेत नगरेका कारण र पार्टी राजनीतिमा समेत सक्रियता देखाउने मोहले गुरुङ आफैं पछि हटेका थिए। उनले व्यवस्थापिका (सभामुख) भन्दा (कार्यपालिका)तर्फ रुचि रहेको निकटस्थहरूलाई बताएका थिए।

Ncell 2
Ncell 2

गुरुङ पछि हटेपछि त्यो ठाउँमा सचिव छविलाल विश्वकर्माको चर्चा भएको थियो। दलित समुदायबाट प्रत्यक्षमा जित्ने एक्लो सांसद समेत रहेका उनले अन्य लाभको पदमा जाने अवसर खासै पाएको देखिँदैन। उनी २०६३ चैतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारमा कृषि तथा सहकारी मन्त्री भएका थिए। त्यसयता मन्त्री भएका छैनन्। यसअघि स्थायी कमिटी सदस्य हुँदा प्राय: सबै स्थायी कमिटी सदस्यले मन्त्री बन्ने अवसर पाउँदा पनि उनी वञ्चित भएका थिए।

स्वभावले समेत भद्र रहेका उनी सभामुखका लागि उपयुक्त हुने पार्टीभित्रै चर्चा चलिरहेको थियो। यही बीच अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङको भेट भयो। नेम्वाङले गुरुङले रुचि नदेखाएमा विश्वकर्मा नै उपयुक्त हुने उक्त भेटमा बताएको विश्वकर्मानिकट एक नेता बताउँछन्।

यो पनि पढ्नुहोस

राष्ट्रपतिको दौडमा डोरमणि पौडेलको ‘इन्ट्री’

नेम्वाङले विश्वकर्माको सिफारिस गरेको चाल पाएपछि भने अर्को पक्ष झस्किएको छ। अहिले विश्वकर्मालाई रोक्ने प्रयास स्वरुप अर्को नाम अघि सारिएको छ। अध्यक्ष ओलीकै गृहजिल्लाका सांसद देवराज घिमिरेको नाम भावी सभामुखका सम्भावित उम्मेदवारका रुपमा चर्चा सुरु भएको छ।

उनी पनि शीतल निवास र ओली दुवैका विश्वास पात्र मानिन्छन्। ‘ओली गुटको उदय’को एउटा महत्त्वपूर्ण कारण मानिने मदन भण्डारी फाउण्डेसनमा उनी सुरुवाती समयमा कार्यालय प्रमुख बनेका थिए। एमाले अध्यक्षमा ओली निर्वाचित भएपछि उनलाई सचिवालय प्रमुखको जिम्मेवारी दिइएको थियो। उनले पनि हालसम्म त्यस्तो कुनै महत्त्वपूर्ण अवसर हासिल गरेका छैनन्। उनी पनि पार्टीभित्र छक्कापञ्जामा कम विश्वास गर्ने नेता भएकाले सभामुखमा सुहाउने पात्रका रुपमा एमाले नेताहरूमा चर्चा चलिरहेको छ।

भावी सभामुखको रुपमा उनलाई अघि सारिएको चर्चा चलिरहँदा सोमबारको प्रतिनिधि सभा बैठकमा एमालेका तर्फबाट अध्यक्षता गर्न घिमिरेको नाम सिफारिस गरिएको थियो। यसलाई भावी सभामुखका रुपमा उनलाई अघि सार्ने संकेतका रुपमा एमालेको अर्को पक्षले बुझेको छ।

शक्ति सन्तुलनको सम्भावना
ओलीसँगै वरिष्ठ उपाध्यक्ष पोखरेलले ‘रिटायर्ड लिने’ संकेत यसअघि नै गरिसकेका छन्। त्यसैले अब हुने महाधिवेशनमा पार्टी नेतृत्वको दाबी उपाध्यक्ष पौडेल र महासचिव पोखरेल गर्ने आकलन गरिएको छ। 

महासचिवको दाबीका कारण उनीहरूबीच गहिरिँदो विश्वासको संकट गएको प्रतिनिधि सभा निर्वाचनमा सतहमा आएको थियो। लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सारिएको विषयमा निर्वाचनकै क्रममा उनीहरूले फरक धारणा राखेका थिए। पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलको दाङ सार्ने निर्णय उल्ट्याउन सकिने अभिव्यक्ति पौडेलको थियो।

त्यसैले एमालेभित्र अब बन्ने गुट पौडेल र पोखरेलको हुने देखिन्छ। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजय भोगेका कारण पोखरेल सरकारमा जानबाट रोकिएका छन्। पौडेलले उपप्रधानसहित अर्थमन्त्रालय प्राप्त गरेका छन्।

पौडेल पक्षले सरकारको नेतृत्व गरिसकेका कारण राष्ट्रपति र सभामुखमा ‘अर्को पक्ष’ हुनुपर्ने बुझाइले समेत यी दुई पदमा नयाँ पात्र अघि सारिएको एमालेका एक केन्द्रीय सदस्य बताउँछन्। उनी भन्छन्,  ‘शक्ति सन्तुलनका लागि यस्तो खेल भइरहेको छ। राष्ट्रपति नेम्वाङलाई नै पाउँदा सभामुखमा घिमिरेको सम्भावना बलियो बन्छ।’

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्