• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा नयाँ गुट अंकुरण:  राष्ट्रपतिमा नेम्वाङ रोक्न डोरमणि, सभामुखमा विश्वकर्मा भर्सेस घिमिरे

64x64
डिबी खड्का सोमबार, पुस २५, २०७९  २०:४७
1140x725

काठमाडौं- प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमालेले अनपेक्षित रुपमा सत्ता-शक्ति हासिल गरेको छ। त्यो शक्ति प्राप्तिका लागि एमालेभित्र नयाँ गुट अंकुरण सुरु भएको छ।

गुटको अभ्यासबाट विभाजन खेपेको घाउ निको नहुँदै राष्ट्रपति र सभामुखका लागि पार्टीभित्रका दोस्रो तहका नेताहरू समूह निर्माणतर्फउन्मुख भएका छन्। चितवन महाधिवेशनमा महासचिव र वरिष्ठ उपाध्यक्षको पदका लागि भएको रस्साकस्सी नै अहिले गुट निर्माणको जग बनेको एक एमाले नेताले बताए।

एमालेले प्राप्त गरेको राष्ट्रपति र सभामुख पदका लागि गुट अनुसारकै आकांक्षी तयार भए/ गरिएका छन्। यसअघि राष्ट्रपतिका आकांक्षीका रुपमा देखिएका अनुहारमा गुटकै रस्साकस्सीका कारण नयाँ अनुहार थपिएको एमालेजनहरू नै बताउँछन्। राष्ट्रपतिमा डोरमणि पौडेल र सभामुखमा देवराज घिमिरे गुट अंकुरणकै कारण दौडमा थपिएका छन्। गुट सन्तुलनका लागि दुईमध्ये एकले बाजी मार्ने एमाले नेताहरू बताउँछन्।

राष्ट्रपतिमा नेम्वाङलाई ‘काउन्टर’
राष्ट्रपतिमा यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच प्रतिस्पर्धा हुने ठानिएको थियो। यी तीन अनुहारमा नेम्वाङले बाजी मार्ने आकलन गरिएको थियो।

रक्षामन्त्री हुँदा सेनासँगको खटपटका कारण पोखरेललाई राष्ट्रपतिका रुपमा अघि सार्न नसकिने भन्दै एमालेभित्रकै एक समूह सक्रिय भयो। त्यसपछि नेम्वाङको सम्भावना बढेको थियो। तर, नेम्वाङलाई रोक्ने एमालेभित्रकै अर्को गुट तयार भएको छ।

एमालेको चितवन महाधिवेशनमा नेम्वाङले महासचिवका लागि विष्णु पौडेलका पक्षमा लबिङ गरेको वर्तमान महासचिव शंकर पोखरेल लगायतको बुझाइ छ। त्यसैगरी नेम्वाङ वरिष्ठ उपाध्यक्षको समेत आकांक्षी बनेका कारण ईश्वर पोखरेल त्यही समयदेखि नेम्वाङसँग बक्र छन्।

अहिले वरिष्ठ उपाध्यक्ष पोखरेल र महासचिव पोखरेल नै नेम्वाङलाई राष्ट्रपतिमा रोक्न सक्रिय भएको बुझाइ उक्त पक्षका नेताहरूको छ। त्यसैले शीतल निवास निकट मानिएका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई अघि सारेर रोक्ने कसरत गरिएको उक्त पक्षका नेता बताउँछन्। तर, पार्टीभित्र भने डोरमणिको प्रवेशलाई नेताहरूले सहज रुपमा लिएका छैनन्। नेम्वाङ रोकिँदा गुटगत अभ्यासको स्पष्ट चित्र कार्यकर्तामाझ पुग्ने भन्दै केही नेताहरूले विरोध जनाइरहेका छन्। त्यसैले अझै नेम्वाङको सम्भावना बलियो नै छ।

सभामुखमा अर्कै संकेत
सभामुखका लागि यसअघि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङको चर्चा चलेको थियो। अध्यक्ष ओलीले प्रष्ट संकेत नगरेका कारण र पार्टी राजनीतिमा समेत सक्रियता देखाउने मोहले गुरुङ आफैं पछि हटेका थिए। उनले व्यवस्थापिका (सभामुख) भन्दा (कार्यपालिका)तर्फ रुचि रहेको निकटस्थहरूलाई बताएका थिए।

nimb
nimb

गुरुङ पछि हटेपछि त्यो ठाउँमा सचिव छविलाल विश्वकर्माको चर्चा भएको थियो। दलित समुदायबाट प्रत्यक्षमा जित्ने एक्लो सांसद समेत रहेका उनले अन्य लाभको पदमा जाने अवसर खासै पाएको देखिँदैन। उनी २०६३ चैतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारमा कृषि तथा सहकारी मन्त्री भएका थिए। त्यसयता मन्त्री भएका छैनन्। यसअघि स्थायी कमिटी सदस्य हुँदा प्राय: सबै स्थायी कमिटी सदस्यले मन्त्री बन्ने अवसर पाउँदा पनि उनी वञ्चित भएका थिए।

स्वभावले समेत भद्र रहेका उनी सभामुखका लागि उपयुक्त हुने पार्टीभित्रै चर्चा चलिरहेको थियो। यही बीच अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङको भेट भयो। नेम्वाङले गुरुङले रुचि नदेखाएमा विश्वकर्मा नै उपयुक्त हुने उक्त भेटमा बताएको विश्वकर्मानिकट एक नेता बताउँछन्।

यो पनि पढ्नुहोस

राष्ट्रपतिको दौडमा डोरमणि पौडेलको ‘इन्ट्री’

नेम्वाङले विश्वकर्माको सिफारिस गरेको चाल पाएपछि भने अर्को पक्ष झस्किएको छ। अहिले विश्वकर्मालाई रोक्ने प्रयास स्वरुप अर्को नाम अघि सारिएको छ। अध्यक्ष ओलीकै गृहजिल्लाका सांसद देवराज घिमिरेको नाम भावी सभामुखका सम्भावित उम्मेदवारका रुपमा चर्चा सुरु भएको छ।

उनी पनि शीतल निवास र ओली दुवैका विश्वास पात्र मानिन्छन्। ‘ओली गुटको उदय’को एउटा महत्त्वपूर्ण कारण मानिने मदन भण्डारी फाउण्डेसनमा उनी सुरुवाती समयमा कार्यालय प्रमुख बनेका थिए। एमाले अध्यक्षमा ओली निर्वाचित भएपछि उनलाई सचिवालय प्रमुखको जिम्मेवारी दिइएको थियो। उनले पनि हालसम्म त्यस्तो कुनै महत्त्वपूर्ण अवसर हासिल गरेका छैनन्। उनी पनि पार्टीभित्र छक्कापञ्जामा कम विश्वास गर्ने नेता भएकाले सभामुखमा सुहाउने पात्रका रुपमा एमाले नेताहरूमा चर्चा चलिरहेको छ।

भावी सभामुखको रुपमा उनलाई अघि सारिएको चर्चा चलिरहँदा सोमबारको प्रतिनिधि सभा बैठकमा एमालेका तर्फबाट अध्यक्षता गर्न घिमिरेको नाम सिफारिस गरिएको थियो। यसलाई भावी सभामुखका रुपमा उनलाई अघि सार्ने संकेतका रुपमा एमालेको अर्को पक्षले बुझेको छ।

शक्ति सन्तुलनको सम्भावना
ओलीसँगै वरिष्ठ उपाध्यक्ष पोखरेलले ‘रिटायर्ड लिने’ संकेत यसअघि नै गरिसकेका छन्। त्यसैले अब हुने महाधिवेशनमा पार्टी नेतृत्वको दाबी उपाध्यक्ष पौडेल र महासचिव पोखरेल गर्ने आकलन गरिएको छ। 

महासचिवको दाबीका कारण उनीहरूबीच गहिरिँदो विश्वासको संकट गएको प्रतिनिधि सभा निर्वाचनमा सतहमा आएको थियो। लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सारिएको विषयमा निर्वाचनकै क्रममा उनीहरूले फरक धारणा राखेका थिए। पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलको दाङ सार्ने निर्णय उल्ट्याउन सकिने अभिव्यक्ति पौडेलको थियो।

त्यसैले एमालेभित्र अब बन्ने गुट पौडेल र पोखरेलको हुने देखिन्छ। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजय भोगेका कारण पोखरेल सरकारमा जानबाट रोकिएका छन्। पौडेलले उपप्रधानसहित अर्थमन्त्रालय प्राप्त गरेका छन्।

पौडेल पक्षले सरकारको नेतृत्व गरिसकेका कारण राष्ट्रपति र सभामुखमा ‘अर्को पक्ष’ हुनुपर्ने बुझाइले समेत यी दुई पदमा नयाँ पात्र अघि सारिएको एमालेका एक केन्द्रीय सदस्य बताउँछन्। उनी भन्छन्,  ‘शक्ति सन्तुलनका लागि यस्तो खेल भइरहेको छ। राष्ट्रपति नेम्वाङलाई नै पाउँदा सभामुखमा घिमिरेको सम्भावना बलियो बन्छ।’

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक शनिबार, भदौ १३, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? शनिबार, भदौ १३, २०८३
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्