• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिको दौडमा डोरमणि पौडेलको ‘इन्ट्री’

64x64
डिबी खड्का बिहीबार, पुस २१, २०७९  १७:१६
1140x725

काठमाडौं- नेकपा एमालेले राष्ट्रपति पाउने निश्चित छ। तर, एमालेबाट कसले राष्ट्रपति बन्ने अवसर पाउँछ भन्नेचाहिँ निश्चित छैन। विभिन्न नामहरुको चर्चा जारी रहँदा बुधबारबाट भने एमालेमा नयाँ पात्रको प्रवेश भएको छ- डोरमणि पौडेल।

एमालेमा यसअघि राष्ट्रपतिका लागि ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायतको चर्चा भइरहेको थियो। उनीहरुमध्ये विभिन्न हिसाबले नेम्वाङको पल्लाभारी रहेको आकलन पनि हुँदै आएको थियो। तर, पार्टीभित्रको एउटा पक्षले नेम्वाङलाई राष्ट्रपति बन्न नदिने प्रयास पनि गरिरहेको थियो।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीले चाहेकै व्यक्ति राष्ट्रपति बन्ने निश्चित जस्तै छ। त्यसमा थप एक व्यक्तिको प्रभावले पनि काम गर्ने एमाले नेताहरु बताउँछन्। उनी हुन्, राष्ट्रपति विद्यादेवी भण्डारी। पौडेललाई राष्ट्रपति बनाउन भइरहेको प्रयासबारे जानकार एमालेका एक जना शीर्षस्थ नेता भन्छन्- राष्ट्रपतिको चाहनाले नै पौडेलको नाममाथि छलफल सुरु भएको हो।

पौडेललाई भण्डारीनिकट मानिन्छ। २०७४ मा उनी बागमती प्रदेशको मुख्यमन्त्री भएका थिए। संसदीय दलको निर्वाचनअघि उनीले स्वयं आफूलाई मुख्यमन्त्रीको दौडमा सामेल गराएका थिएनन्। तर, आकांक्षी र ‘स्वाभाविक हकदार’ अष्टलक्ष्मी शाक्यलाई रोक्ने भण्डारीको चाहनाले रातारात पौडेललाई मैदानमा मात्रै उतारिएन, विजयी नै बनाइयो र मुख्यमन्त्रीको कुर्सीमा बसालियो।

एमालेमा राष्ट्रपति निकट मानिने शंकर पोखरेलले पनि नेम्वाङलाई रोकेर पौडेललाई अघि बढाउन भूमिका खेलेको ती नेता बताउँछन्। यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि साथ दिएको उनको भनाइ छ। ईश्वर पोखरेल आफैं राष्ट्रपति हुन चाहन्छन्। तर, उनका नाममा सहमति जुट्ने सम्भावना नरहनेको एमालेकै नेताहरुको भनाइ छ। खासगरी, नेपाली सेना र दक्षिणी छिमेकीसम्मले उनलाई नरुचाउने भएकाले उनको सम्भावना नरहेको बताइन्छ। आफू पनि हुन नसक्ने भएपछि आफूसरहको अर्को व्यक्ति (नेम्वाङ)लाई रोक्ने रणनीति उनीहरुले अख्तियार गरिरहेको ती नेता बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

एमालेको दशौं महाधिवेशनको समूहले पनि यसमा भूमिका खेलिरहेको छ। त्यतिबेला ईश्वर पोखरेल- शंकर पोखरेल एकातिर र सुवास नेम्वाङ-विष्णु पौडेल एकातिर भएको स्थिति थियो। नेम्वाङ आफैं वरिष्ठ उपाध्यक्ष बन्न चाहन्थे। त्यही कारण उनले घनश्याम भुसाललाई पनि उपाध्यक्षमा उम्मेदवारी दिन सहमत गराएका थिए। तर, ओलीले ईश्वर पोखरेललाई रोजेपछि उनले सो अवसर पाएनन्। ओलीले शंकर पोखरेललाई महासचिवमा रोज्दा पौडेलले पनि सो पद पाएनन्। त्यतिबेला जुन समूहको संघर्ष थियो, राष्ट्रपतिका लागि पनि त्यसकै पुनरावृत्ति भएको नेताहरु बताउँछन्।

‘पार्टीका उच्च तहमा बसिरहनुभएका कतिपय नेताहरुले आफू राष्ट्रपति हुने र अरुलाई हुन नदिने रणनीति अख्तियार गरिरहनुभएको छ। तर, नसोचेको पात्रका रुपमा पौडेलले राष्ट्रपति पद पाएमा अनौठो नमाने हुन्छ’, ती नेता भन्छन्।

ओलीले पनि नेम्वाङप्रति खासै रुचि नदेखाएको एमालेका नेताहरु बताउँछन्। त्यसका दुई कारण रहेको उनीहरुको तर्क छ। पहिलो, राष्ट्रपतिमा ‘एसम्यान’ ल्याउने उनको चाहना छ। खासगरी २०७४ यता ओलीले कैयौँ राजनीतिक सवालहरुमा राष्ट्रपति भण्डारीमार्फत पनि राजनीति गरेका थिए। त्यसैले पौडेल जस्ता पात्र (जसले ओलीप्रति अनुग्रहित भएर भनेको मान्छन्) लाई ल्याउन सकियो भने भोलिका दिनमा सहज हुने उनको बुझाइ छ। किनकि, अहिले प्रचण्डसँग गरेको सम्झौता कुनै दुर्घटनामा नपरे उनी पुनः प्रधानमन्त्री बन्ने निश्चित छ। त्यतिबेलालाई ख्याल गरेर पौडेल जस्ता व्यक्तिको चाहना उनलाई पनि छ।

दोस्रो, नेम्वाङबाट उनले देखेको अप्ठ्यारो। ओलीलाई निरन्तर साथ दिँदै आएको भएपनि उनी ‘एसम्यान’ भने होइनन् भन्ने ओलीको बुझाइ छ। किनकि, नेम्वाङ आफैं संविधान र कानुनका जानकार हुन्। संविधान सभाको अध्यक्ष भएकाले उनले आफ्नो व्यक्तित्वप्रति न्याय गर्नुपर्ने सधैँको बाध्यता हुने गर्छ, नत्र विवादमा पर्ने गर्छन्। अर्कोतिर, २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्रीका रुपमा ओलीले गरेको प्रतिनिधि सभा विघटनप्रति नेम्वाङले सुरुआतमा सार्वजनिक रुपमै विरोध गरेनन्, ओलीप्रति विश्वास रहेको बताए। तर, अनौपचारिक रुपमा भने आफू विघटनको पक्षमा नरहेको बताउन थालेका थिए। उनले विघटन गर्न नहुने सुझाव पनि दिएको बताउने गरेका थिए। त्यसैले नेम्वाङलाई राष्ट्रपति बनाउँदा आफूलाई ‘आँखा चिम्लेर’ साथ नदिने तर पौडेलबाट त्यो सुनिश्चित हुने यो दौडधुपबारे जानकार ती एमाले नेता बताउँछन्।

पौडेलप्रति ओलीमा रहेको सकारात्मक भावनाकै कारण राष्ट्रपति पदका सन्दर्भमा ओलीले पौडेलसँग संवाद पनि गरिसकेको उनको दाबी छ।

पौडेलले भने यो विषयमा खुलेर प्रतिक्रिया दिएनन्। नेपाल लाइभले उनको सम्भावना र रुचिबारे जिज्ञासा राख्दा उनको प्रतिक्रिया थियो- ‘पार्टीमा मभन्दा वरिष्ठ नेताहरु थुप्रै हुनुहुन्छ।’

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्