• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दुई प्रदेशमा मुख्यमन्त्री नियुक्त

64x64
नेपाल लाइभ सोमबार, पुस २५, २०७९  १९:३५
1140x725

काठमाडौं- संघमा प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी रहँदा दुई वटा प्रदेशले भने नयाँ मुख्यमन्त्री पाएका छन्। सोमबार बागमती प्रदेशमा शालिकराम जम्कट्टेल र गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन्। उनीहरु क्रमशः माओवादी केन्द्र र नेकपा एमालेका संसदीय दलका नेता हुन्।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गत पुस २१ गते मुख्यमन्त्रीमा दाबी गर्नका लागि आज (सोमबार) बेलुका ४ बजेभित्रको समय दिएका थिए। सोही अनुसार जम्कट्टेल र अधिकारीले दाबी पेश गरेका थिए।

संघीय सरकारमा सत्ता साझेदारी गरेका दलहरुको आइतबार साँझ बसेको बैठकले कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने टुंगो लगाएको थियो। त्यसमा बागमती प्रदेशमा पहिलो चरणमा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति भएको थियो। त्यस्तै, गण्डकी प्रदेशमा एमालेले एकल रुपमा मुख्यमन्त्री लिने सहमति भएको थियो।

जम्कट्टेललाई ७० सांसदको समर्थन
माओवादी केन्द्रका जम्कट्टेलले सोमबार एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। ती सबै पार्टीको गरी उनलाई ७० सांसदको समर्थन देखिन्छ। ११० सदस्यीय बागमती प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ५६ सांसदको समर्थन आवश्यक पर्छ।

संघमा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘लाई विश्वासको मत दिने वा नदिनेबारे प्रष्टसँग केही नभनेको बेलामा सोही पार्टीका प्रदेश सांसदहरूले भने मुख्यमन्त्रीमा जम्कट्टेलाई समर्थन जनाएका छन्।

उनी पुस १६ गते संसदीय दलको नेतामा चयन भएका थिए। त्यस दिन काठमाडौंमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

प्रदेश संसदीय दलको नेताका लागि माओवादी केन्द्रका बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीको पनि दाबी थियो। उनले चुनावको तयारी पनि गरेका थिए। तर, चुनावै नगराई जम्कट्टेललाई संसदीय दलको नेता बन्ने वातावरण बनाइएको थियो।

जम्कट्टेल सोही प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्। उनी यो प्रदेशका चौंथो मुख्यमन्त्री हुन्। यसअघि यस प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री भइसकेका छन्।

nimb
nimb

मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा जम्कट्टेल धादिङ- १ (ख) बाट प्रदेश सभामा सदस्यमा निर्वाचित भएका थिए।

अधिकारीलाई ३३ सांसदको समर्थन
नेकपा एमालेका खगराज अधिकारीले सोमबार एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र (दीपक मनाङे)को समर्थनसहित दिउँसो साढे २ बजे मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। ती सबैगरी उनलाई ३३ सांसदको समर्थन देखिन्छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ३१ सांसदको समर्थन आवश्यक पर्छ।

संघीय गृहमन्त्री समेत भइसकेका अधिकारी यसपटक मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश सभा सदस्यका लागि निर्वाचन लडेका थिए। उनी कास्की- १ (क) बाट निर्वाचित भएका हुन्। उनी एमालेको संगठन विभाग प्रमुख पनि हुन्।

अधिकारी गत पुस १० गते संसदीय दलको नेतामा चयन भएका थिए। त्यसदिन बसेको संसदीय दलको बैठकमा लिलाबहादुर थापाले अधिकारीलाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए। त्यस्तै, रोशन गाहा मगरले समर्थन गरेका थिए। बैठकले उनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो।

अधिकारी गण्डकी प्रदेशका तेस्रो मुख्यमन्त्री हुन्। यसअघि सो प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री भइसकेका छन्।

अधिकारीले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। साथै, तीन मन्त्री नियुक्त गरेका छन्। उनीहरुले पनि शपथ लिएका छन्। उनीहरुको मन्त्रालय भने तोकिएको छैन। शपथ लिनेहरुमा एमालेबाट सीता सुन्दास, माओवादी केन्द्रबाट हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ छन्।

प्रदेश १ का मुख्यमन्त्रीले लिए शपथ
आइतबार प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले सोमबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन्।

कार्कीले आइतबार मात्रै एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनी आइतबार नै मुख्यमन्त्री नियुक्त भएका थिए।

आइतबार साँझ नै सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई नै दिने सहमति भएपछि प्रदेश १ सभाका माओवादी सांसदहरु आक्रोशित भएका छन्। उनीहरुले आलोपालो सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताएका छन्। त्यसको असर सोमबारको मन्त्रिपरिषद् गठनमा पनि प्रकट भएको छ।

कार्कीले माओवादी बाहेककै एक/एक जना समेटेर मन्त्रिपरिषद् गठन गरेका छन्। उनले एमालेका तीलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बुलाई मन्त्री बनाएका छन्। तर, उनीहरुलाई मन्त्रालय तोकिएको छैन।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन
भोटेकोशी बाढी : विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना
सम्बन्धित सामग्री
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक शनिबार, भदौ १३, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? शनिबार, भदौ १३, २०८३
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्