काठमाडौं– सरकारले ६ महिनाभित्र नागरिकताको समस्या समाधान गर्ने दाबी गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार सिंहदबारमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै नेपाली नागरिक नागरिकता पाउने अधिकारबाट वञ्चित नहोऊन् भनी ६ महिनाभित्र समस्या अन्त्य गर्ने र संसद्को अधिवेशनबाट नागरिकता विधेयक ल्याउने उल्लेख गरे।
स्थायित्व र राजनीतिक दलका घोषणापत्रलाई प्राथमिकता दिने कार्यक्रममा उल्लेख भएको पौडेलले बताए।
त्यस्तै, सुशासन र प्रभावकारी शासनका लागि वाधा गरेका कानुनको पुनर्संरचना गर्न प्रभावकारी अनुगमन गर्ने र त्यसका लागि उच्चस्तरीय आयोग बनाउने कार्यक्रममा उल्लेख छ। न्यायलय सुधार र संरचनाका लागि पनि काम गर्ने कार्यक्रममा उल्लेख छ।
नयाँ संसद्बाट १ दर्जन ऐन संशोधन गर्ने सरकारले घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।