फाइल तस्बिर।
काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव एवम् राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले वर्तमान सरकारले संकटमा रहेको अर्थतन्त्रलाई सही दिशामा ल्याए पुग्ने बताएका छन्।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै भुसालले विगतमा प्रतिपक्षमा बसेर उठाएका मुद्दालाई वर्तमान सरकारले सम्बोधन गरे पुग्ने बताएका हुन्।
उनले सरकारले अर्थतन्त्रलाई लयमा ल्याउने हो भने कृषि क्षेत्रलाई ध्यान दिनुपर्ने सुझाए। भुसालले अहिले कृषि क्षेत्र नै सबैभन्दा प्रभावित रहेको उल्लेख गरे।
उनले सरकारले मूल्य तोकेर किसानले उत्पादन गरेको धान खरिद गर्नुपर्ने बताए। भुसालले अहिलेसम्म सरकारले उखुको मूल्य तोक्न नसकेको भन्दै तत्काल उखुको मूल्य तोक्न माग गरे।
उनले सरकारले उखु किसानमा समस्या समाधान पनि तत्काल समाधान गरिदिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।