काठमाडौं– राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन्।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानुनको पालना नहुने बताए।
उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्तिपछिको अंहकार भएको टिप्पणी गरे।
रायमाझीले कानुनको भूमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वास्थ्य बाझिनेगरी राज्यमा प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने बताए। उनले संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भीर नबनेको टिप्पणी समेत गरे।
रायमाझीले नागरिकता विधेयक प्रमाणिकरण नहुँदा नेपाली नागरिकहरु नागरिता पाउनबाट बन्चित बन्नुपरेको भन्दै दुःख व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।