• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभाको पहिलो बैठकमा देउवाले भने- निर्वाचन सफलतापूर्वक सम्पन्न गरें, गौरवको अनुभूति भएको छ [सम्बोधनको पूर्णपाठ]

64x64
नेपाल लाइभ सोमबार, पुस २५, २०७९  १५:४९
1140x725

काठमाडौ‌ं- नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सकेकोमा आफूलाई गौरवको अनुभूति भएको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा सम्पन्न भएको प्रतिनिधि सभाको पहिलो बैठकमा बसिरहँदा हर्ष एवं गौरवको अनुभूति भएको बताए। उनले भने, 'प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।'

सम्बोधनको पूर्णपाठ:
सम्माननीय सभामुख महोदय,     
(१) नेपालको वर्तमान संविधान जारी भएपछि दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक आज प्रारम्भ हुँदैछ। म सबैभन्दा पहिले देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनर्स्थापना र संरक्षणका लागि जीवन आहुति दिन हुने सम्पूर्ण प्रातः स्मरणीय ज्ञात, अज्ञात शहिदहरुमा हार्दिक श्राद्धान्जली अर्पण गर्दछु। 

(२) देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र वर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैका प्रति उच्च सम्मान गर्दै प्रसंशा गर्न चाहन्छु।

(३) प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु। तपाईंहरु पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वथा सफल हुनु हुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभ कामना व्यक्त गर्दछु। तपाईंहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु। 

(४) माननीय पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। उहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषदको गठन भएको छ। म नवनियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु। मन्त्रिपरिषदमा नवनियुक्त माननीय मन्त्रीज्यूहरुलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु। 

(५) आजभन्दा १८ महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमको बीचमा नेपाली कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए। तत्कालीन अवस्थामा संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरी देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो।

यस कार्यमा तमाम चुनौती र कठिनाइ थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो। स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भयो। पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज हामी प्रतिनिधि सभाको पहिलो बैठकमा बसी रहँदा मलाई हर्ष एवं गौरवको अनुभूति भएको छ। म यस अवसरमा सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु। 

nimb
nimb

सभामुख महोदय,
(६) आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो। स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनहरु समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने देशभित्र र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहीनी, दाजुभाइहरु, सबै मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी संयन्त्र, नागरिक समाज, बुद्धिजीवी, सञ्चार जगत र निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपले संलग्न भई सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। निर्वाचनको प्रयोजनका लागि अन्तर्राष्ट्रिय जगतबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद दिन चाहन्छु। 

(७) म माननीय सदस्यहरुलाई विषेश रुपले आग्रह गर्न चाहन्छु। यो प्रतिनिधि सभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो।यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य सर्त हो। संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानुन निर्माण गर्न बाँकी छ।संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानुन बनाउनु छ।

लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानुनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ।हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारबाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनुपर्छ। सबै माननीय साथीहरुमा म हार्दिक अपिल गर्न चाहन्छु, प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस्। हामी सबै यसमा सफल हुन सकौं।

सभामुख महोदय,
(८) मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ।नेपाली कांग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।पार्टीका सबै साथीहरुले गर्नुभएको मिहिनेतको उच्च सराहना गर्दै धन्यवाद दिन चाहन्छु

सञ्चार माध्यमले जनतालाई सुसूचित गर्ने गरी असल काम गर्नुभएको छ।उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।नागरिक समाज, बुद्धिजीवी लगायत सबै शुभेच्छुकप्रति आभारी छु। म सम्पूर्ण दाजुभाइ, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईंले दिनुभएको विश्वासमा ठेस लाग्न दिने छैनौं। नेपाली कांग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरुको भावना अनुसार काम गर्नेछ।हाम्रा असंख्य सहिदहरुको त्याग, तपस्या र बलिदानबाट हामीले प्रेरणा पाएका छौं। 

संस्थापक नेता बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतका नेताहरुको मार्गदर्शनले हाम्रो यात्रा निर्देशित छ। म सबै नेताहरुको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु। म नेपाली कांग्रेसको इतिहासलाई पनि स्मरण गरिरहेको छु। देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परे पनि कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ। यो सुनौलो इतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिइरहनेछ।

देशभरिका लाखौं साथीहरुको कठोर परिश्रम, मिहिनेतले हामी नेपाली जनतामाझ स्थापित भएका छौं। म सबै साथीहरुलाई विश्वास दिलाउन चाहन्छु, सहिदहरुको बलिदान, नेताहरुको प्रेरणा र मार्गनिर्देश र साथीहरुको परिश्रम खेर जान दिइनेछैन। हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र संमृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अबिचलित रुपले लागीरहने छौं।देश र जनताको बृहत्तर हितमा काम गर्नेछौं। यो प्रतिनिधि सभामा नेपाली नेपाली कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ। जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ। 

सभामुख महोदय
(९)  अन्त्यमा एक पटक पुनः नवनियुक्त प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल प्रचण्डजी र सबै माननीय सदस्यहरुलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु। 

धन्यवाद। जय नेपाल।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
सम्बन्धित सामग्री
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? शनिबार, भदौ १३, २०८३
डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
माथिल्लो त्रिशूली–३ ‘बी’का सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोलीलाई अनुमति, थाल्यो काम शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्