काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद्को समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारी संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
अधिकारीलाई एमालेका २३, माओवादी केन्द्रका ८, राप्रपाका १ र स्वतन्त्र सांसद दीपक मनाङेको गरी ३३ जनाको समर्थन छ।
अधिकारी यसअघि संघीय सरकारको गृह र स्वास्थ्यमन्त्री भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।