काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पति तथा थारु नेता रेशम चौधरीका लागि न्याय मागेकी छिन्।
प्रतिनिधि सभाको पहिलो बैठकमा सोमबार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सम्बोधन गर्दै उनले न्यायको आशा गरेको बताइन्।
‘आखिर निर्दोष नागरिकलाई किन जेलमै राखिरहने? निर्दोष थारुहरुलाई किन जेलमै राखिरहने? आज यही संसद्बाट नै न्याय माग्छु। र, न्याय दिने आशा पनि रहेको छ’, उनले भनिन्।
श्रेष्ठले जिम्मेवार नेताहरुले रेशम चौधरीलाई निर्दोष भन्ने गरेको स्मरण गरिन्। शेरबहादुर देउवाले रोस्ट्रमबाट, केपी ओलीले कैलालीबाट, पुष्पकमल दाहाल प्रचण्डले टुँडिखेल लगायतका स्थानबाट, गगन थापाले धनगढीको विशाल सभाबाट र रवि लामिछानेले पनि निर्दोष भनेको उनले बताइन्।
साथै, उनले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई बुझाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।