काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले संविधानको उचित कार्यान्वयन हुन नसकेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। उनले संविधानमा भएका प्रावधानहरु समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए।
प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नसकेको, आर्थिक र वित्तिय प्रणाली पनि हामीले संघीय शासनप्रणाली अन्तर्गत हस्तान्तरण गर्न नसक्नु दुःखद् भएको यादवले बताए।
उनले संघको बारेमा उल्टो परिभाषा गरेर प्रदेशलाई कमजोर बनाउन लागिएको टिप्पणी गरे। उनले केन्द्रिकृत शासनप्रणाली कहीँ न कहीँ पहिलेकै दिशातिर फर्काउने सोच भइरहेको जस्तो महशुस गरेको बताए।
यादवले संघीयताको कार्यान्वयन गर्ने प्रतिवद्धता वर्तमान सरकारले पूरा गर्नुपर्ने भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने तथा त्यसका लागि विभिन्न कानुन निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे।
संसदीय दलका नेता यादवले अहिलेसम्म निजामती सेवा ऐन, प्रहरी सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको भन्दै आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।