काठमाडौं– जसपाको मधेस प्रदेशको संसदीय दलको नेतामा पूर्वसभामुख सरोज यादव चयन भएका छन्।
मधेस प्रदेशको पहिलो कार्यलयमा प्रदेश सभाको सभामुख रहेका यादव सोमबार प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको समर्थनमा सर्वसम्मत दलको नेता चयन भएका हुन्।
यसअघि राउतले अडान नछाडेपछि सोमबार निर्वाचनको प्रकिया अघि बढाइएको थियो।
यादव र राउत दुवैले दलको नेताका लागि उम्मेदवारी दिएका थिए। तर, पछि राउतले यादवलाई समर्थन गरेपछि उनी दलको नेता चयन भएका हुन्।
२०७४ को निर्वाचनमा यादव तत्कालीन राजपाबाट निर्वाचित हुँदै मधेस प्रदेशका सभामुख चयन भएका थिए। पछि राजपा र संघीय समाजवादी मिलेर जसपा बनेपछि यादव जसपा पुगे। पार्टी फुट्दा उनी जसपामै रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।