काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जमरकट्टेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जमरकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जमरकट्टेलले माओवादी, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाल पार्टीका गरि ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।
जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए।
११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउन ५६ सिट चाहिन्छ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।