काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले जनादेशको सम्मान गर्दै आफूहरु अगाडि बढ्ने बताए।
‘राप्रपा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाहको मुद्दामा विगतमा झैं दृढतापूर्वक उभिने छ। हामी अस्थिरताको कारक बन्ने छैनौँ,’ लिङ्देनले भने।
उनले अहिलेको जनादेशअनुसार सबै राजनीतिक दल र सवै विचार मिलेर जानुपर्ने लिङ्देनको भनाइ छ।
‘सबै राजनीतिक दलहरु र सबै विचार मिलेर मात्रै यो देशको विकास हुन सक्छ। यो समस्याको समाधान हुन सक्छ भन्ने जनादेश छ,’ लिङ्देनले भने, ‘जनताको यो अभिमतलाई सम्मान गर्दै अगाडि बढ्न सक्षम हुनेछौं।’
लिङ्देनले अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था रहेको बताए। ‘अर्थतन्त्रको अवस्था भनिराख्न पर्दैन। बेरोजगारी कुन ढंगले बढेको छ सबैलाई थाहा भएकै छ,’ लिङ्देनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।