काठमाडौं– राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले जनताका लागि बोझ भएको पुरानो गठबन्धन भत्केकोमा खुसी व्यक्त गरेका छन्। सोमबारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै सांसद दाहाले यस्तो बताएका हुन्।
उनले अहिलेको सरकार सकसपूर्ण तरिकाले बनेको बताए। ‘सकसपूर्ण तरिकाले सरकार त बन्यो। नयाँ समीकरणका साथ सरकार गठन भएको छ। साथै जनताका लागि बोझ बनेको पुरानो गठबन्धन पनि भत्केको छ।’
उनले स्याङ्जा, बारा, दोलखा लगायतका जिल्लामा निर्वाचन धाँधलीपूर्ण भएको आरोप लगाउँदै अन्य क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भएकोमा सम्बन्धित पक्षलाई धन्यवाद दिए।
उनले भने,‘बारा,स्याङ्जा, दोलखा लगायतका केही जिल्लामा लोकतन्त्रको हुर्मत लिनेगरी धाँधलीको प्रयास भयो। धाँधली, फर्जी मतबाट चुनाव जित्दै सांसद भएका छन्। अहिले उहाँहरु आफूहरुलाई जनताको प्रतिनिधि हुँ भन्नुहुन्छ। त्यो जनताको मतको दुरुपयोग हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।