एमाले अध्यक्ष ओली (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले अहिलेको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा पुगेकाले सरकारलाई काम गर्न सहज नभएको बताए उनले निर्वाचनपछि बनेको सरकारका लागि धेरै काम गर्नुपर्ने चुनौती रहेको बताए।
राजस्व असुली ‘पहिलोपटक ऋणात्मक’ भएको उल्लेख गर्दै ओलीले यस्तो विगतमा नभएकाले यो गम्भीर अवस्था भएको बताए।
‘विदेशिक मुद्राको सञ्चिति कम हुँदै गएको र निर्यात गर्न सक्ने अवस्था छैन। आयात गर्नका लागि डलर सञ्चिति नधान्ने अवस्थामा पुगेको छ। महङ्गी बढेको र जनजीवन कष्टकर भएको छ,’ उनले भने, ‘यी सबै कुरालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने जिम्मेबारी बोकेर प्रतिनिधि सभा अघि बढ्नुपर्ने अवस्था छ।’
उनले अहिलेको सरकारको धेरै ठूला जिम्मेवारी रहेको भन्दै देशको राजनीति ठिक ढङ्गले र लोकतान्त्रिक रुपले देश विकासमा अग्रसर हुनुपर्ने अवस्था रहेको बताए। उनले लोकतन्त्रको रक्षा र विकासमा अग्रसर हुनुपर्ने बताए।
राष्ट्रियताको समस्या, कतिपय कामहरु खाली जातका कुरा मात्र नभइ राष्ट्रिय संस्कृतको रक्षा र सम्बर्द्धन गर्नुपर्ने आवश्यकता रहेको ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।