काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई ‘आजै बधाई दिन चाहन्छु’ भन्दै बधाई दिएका थिए।
उनले देशमा विभिन्न समस्या रहेको भन्दै चुनौती रहेको विषय प्रधानमन्त्रीलाई स्मरण गराएका थिए। ‘सहज परिस्थिति छैन’, उनले भने।
उनले देशले नयाँ परिवर्तन खोजेको बताए। उनले त्यसको संकेत निर्वाचनपछि जसरी बनेको, अघिल्लो सरकारका केही महिना र निर्वाचनअघि र पछिका समयमा देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।