काठमाडौं– पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नवगठित प्रतिनिधि सभाबाट जनताले अपेक्षा गरेको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले माध्यम र गन्तव्य स्पष्ट हुनु जरुरी रहेको बताए। ‘संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र सुशासन विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो। यो शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो’, उनले भने।
देउवाले सम्बोधनमा आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त भएको भन्दै स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। ती तीनवटै निर्वाचन देउवा प्रधानमन्त्री रहँदा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।