काठमाडौं- प्रतिनिधि सभाको पहिलो बैठकले अघिल्लो प्रतिनिधि सभाले तयार गरेको 'प्रतिनिधि सभा नियमावली, २०७५' लाई अनुमोदन गरेको छ।
संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिको लागि प्रस्तुत गरिएको हो।
प्रतिनिधि सभाको सोमबारको पहिलो बैठकमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। जुन अनुमोदन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।