काठमाडौं– प्रतिनिधि सभाको बैठकले सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्नका लागि अध्यक्ष मण्डल गठन गरेको छ।
प्रतिनिधि सभाको सोमबार बसेको पहिलो बैठकमा सभामुखको जिम्मेवारीमा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अध्यक्ष मण्डलमा रहने सदस्यहरुको नाम पढेर सुनाएका हुन्।
अध्यक्ष मण्डलमा ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतीक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशील श्रीपाली ठकुरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।