काठमाडौं– प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ। संघीय संसद् अधिवेशनअन्तर्गत सोमबार प्रतिनिधि सभासँगै राष्ट्रिय सभाको बैठक पनि एकसाथ बसिरहेको छ।
पहिलो बैठकको कार्यसूची सार्वजनिक भएको छ। जसमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्यले राष्ट्रपतिको अधिवेशन आह्वानको पत्र पढेर सुनाउनेछन्। त्यस्तै, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठन सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउनेछन्।
आजैको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलको मनोयन गरिनेछ। साथै विभिन्न दलहरुका प्रतिनिधिले मन्तव्य दिने कार्यसूची छ। साथै, शोक प्रस्तावहरु प्रस्तुत हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।