काठमाडौं– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग दरार कम गर्ने प्रयत्नमा रहेको बताएका छन्।
हिजो मिलेर (एउटै गठबन्धनबाट) चुनाव लडेपनि केही नमिलेका कारण फरक परिस्थिति बनेको भण्डारीको भनाइ छ।
संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्न अगाडि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले भने, ‘हिजो मिलेर चुनाव लड्यौँ। आज केही मिलेन फरक परिस्थिति बन्यो। तर अझै केही बिग्रेको छैन। प्रचण्डसँगको दरार कम गर्ने प्रयत्नमा छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।