काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले विश्वासको मतका लागि सबै दललाई आग्रह गर्ने निर्णय भएको सांसद हितराज पाण्डेले बताए।
त्यस्तै, विश्वासको मतका लागि दलले गर्ने आग्रहको अतिरिक्त सांसदहरुलाई व्यक्तिगत रुपमा पनि पहल गर्न भनिएको उनले बताए।
‘विश्वासको मतका लागि सबै दलसँग कुरा भएको छ। एकीकृत समाजवादीसँग पनि कुराकानी भएको छ। प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने बेला समर्थन गर्ने बाहेक अन्य दलसँग पनि विश्वासको मत दिनका लागि अपिल गरेका छौं। उहाँहरुसँग कुरा भएको छ। सकारातमक ढंगले कुरा अगाडि बढिरहेका छन्’, उनले भने।
बैठकमा सदस्यहरुलाई सदनमा कसरी प्रस्तुत हुने भनेर जानकारी दिइएको पनि पाण्डेले बताए। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सांसदहरुलाई कसरी प्रस्तुत हुने भनेर दिशा निर्देश दिएका थिए। अन्य केही आन्तरिक निर्णय पनि गरिएको पाण्डेको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।