काठमाडौं– देशभरका स्थानीय तहका प्रमुखहरुलाई डडेल्धुराको परशुराम नगरपालिकामा निम्ति दिइएको छ। माघेसंक्रान्तिका अवसरमा परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन परशुराम नगरपालिकाका मेयर भरत बडायरले निम्तो पठाएका हुन्।
माघ १ गते परशुरामधाममा पर्वको आयोजना गरिएको। उक्त पर्वमा सहभागिताका लागि देशभरका नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई बडायरले निम्तो दिएका हुन्।
मकर संक्रान्ति पर्व परशुराम नगरपालिका वडा नं. ५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ।
मेयर जोशीले सबै स्थानीय तहका प्रमुखलाई निमन्त्रणा पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गरेका हुन्। नगरपालिकाले पठाएको पत्रमा भनिएको छ, ‘यस पर्व मनाउन सहभागी भइदिनहुनुका साथै यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनहुन परशुराम नगरपालिकाकातर्फबाट हार्दिक निमन्त्रणा गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।