काठमाडौं– सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अगाडिदेखि छलफल सुरु भएको हो।
छलफलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन्।
नेताहरुबीचको छलफल प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको पुस २६ गतेको वैठकबाट विश्वासको मत लिन लागेकोबारे केन्द्रित रहेको जनाइएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रम, केन्द्र तथा प्रदेशको शक्ति बाँडाफाट लगायत पनि छलफलको विषय रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।