काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारलाई विश्वासको मत दिनका लागि औपचारिक प्रस्ताव नआएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुवैले आफूलाई प्रस्ताव नगरेको बताए।
कार्यकारिणी समितिको बैठकपछि प्रतिक्रिया दिँदै उनले हालसम्म पुरानै गठबन्धनमा भएको बताए। तर, नेपाली कांग्रेससँग पनि कुनै सल्लाह नभएको उनले उल्लेख गरे।
उनले भने, ‘विश्वासको मत दिने विषयमा कसैले औपचारिक प्रस्ताव गरेको छैन। त्यसैले के गर्ने भन्ने निर्णय २६ गतै नै गर्छौं।’
आफूले राखिरहेका माग पूरा गर्ने प्रतिबद्धता आएमा त्यहीअनुसार छलफल हुने बताउँदै अहिल्यै निर्णयमा नपुग्ने ठाकुरले संकेत गरे। कार्यकारिणी समितिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेसम्बन्धमा निर्णयको जिम्मा ठाकुरलाई दिएको छ। प्रधामन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।