काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत/नदिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। आइतबार बसेको कार्यकारिणी समितिले ठाकुरलाई अधिकार दिएको हो।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीले आफूहरुसँग विश्वासको मत नमागेको ठाकुरले बताए।
बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ। त्यस्तै, पार्टीको संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।