काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले विचार र मुद्दा मिल्नेहरुसँग एकीकरण गर्नुपर्ने धारणा राखेका छन्। आइतबार पार्टीको राजनीतिक समितिको बैठकमा उनले ११ पृष्ठको प्रतिवेदन पेश गर्दै देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा आधारित एउटा सशक्त समाजवादी केन्द्रको आवश्यकता रहेको बताएका छन्।
'हामीले भने जस्तो अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको समाजवादी पार्टी निर्माणका लागि थुप्रै चुनौतिहरु छन्। हामी एक्लैले ती चुनौतिहरु समाना गर्न सम्भव हुँदैन। त्यसका लागि हामी मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरुसँग सहकार्य गर्दै जानुपर्छ भने विचार र मुद्दा मिल्नेहरुसँग पार्टी एकीकरण गर्नुपर्छ', प्रतिवेदनमा भनिएको छ।
विभिन्न पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरुसँग संवाद गर्न पार्टीभित्र एउटा औपचारिक संवाद समिति बनाउनुपर्ने डा भट्टराईको प्रस्ताव छ। 'पार्टी एकीकरण, ध्रुवीकरणबारे आवश्यक निर्णय र कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यकारिणी समितिलाई दिनुपर्दछ', उनले भनेका छन्।
यस्तो छ प्रतिवेदनको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।