काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आइतबार सूचना प्रकाशित गरी दल दर्ताको आह्वान गरेको हो।
पुस २५ गतेदेखि २८ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची- १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा निवेदन दिन भनिएको हो। निवेदनको ढाँचा आयोगको वेब साइटबाट डाउनलोड गर्न वा आयोगबाट प्राप्त गर्न सकिने भनिएको छ।
लुम्बिनी प्रदेश सभाबाट अन्य समूहमार्फत प्रतिनिधित्व गर्ने एक सिट रिक्त छ। गत असोजमा एमालेका सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सो पदका लागि यही माघ २५ मा निर्वाचन हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।