काठमाडौं– काठमाडौंको टोखाको एक घरमा जुवातस खेलिरहेका १० जना पक्राउ परेका छन्।
उनीहरूलाई महाराजगञ्जबाट खटिएर गएको नेपाल प्रहरीको टोलीले शनिबार साँझ टोखा नगरपालिका– ९ गणेशथानस्थित सुनिल मल्लको घरमा डेरा गरी बस्ने बर्ष ४९ का हर्क गुरुङको डेराबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोरखा सिरानचोक घर भई हाल गोंगबु बस्ने वर्ष ३७ का शकबहादुर गुरुङ, सोही ठेगानाका वर्ष ४० का होमबहादुर गुरुङ, लमजुङ घर भई हाल बनस्थली बस्ने वर्ष ४४ का हरि गुरुङ, लमजुङ घर भई हाल टोखा बस्ने वर्र्ष ४७ का गम्भीरजंग गुरुङ तथा गोरखा घर भई हाल टोखा ग्रिनल्याण्ड बस्ने वर्ष ४७ का फूल घले रहेका छन्।
यस्तै, मनमैजु बस्ने वर्ष ४९ का हर्क गुरुङ, माछापोखरीका वर्ष ३७ का धर्म गुरुङ, टोखा–२ का ५३ वर्षीय कुमार मल्ल, टोखा– ३ का वर्ष ५२ का पुष्पबहादुर खड्का र इलाम घर भई हाल गोंगबु बस्ने बर्ष ४४ का दीपक गुरुङ पनि पक्राउ परेका छन्।
उनीहरू खेलिरहेका जुवातास खालबाट नगद तीन लाख ७० हजार रुपैयाँसमेत बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।