काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो १ बजे लोसपाको केन्द्रीय कार्यालय बबरमहल बस्नेछ।
बैठकका लागि मुख्य तीनवटा अजेन्डा तय गरिएको एक नेताले बताए। उनका अनुसार मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने र सांगठनिक गतिविधिका विषयमा बैठकमा छलफल गरिनेछ।
लोसपा पनि तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएर निर्वाचनमा होमिएको थियो। उसले प्रत्यक्षतर्फ ४ सिट जिते पनि समानुपातिकतर्फ तीन प्रतिशत मत कटाउन नसक्दा राष्ट्रिय दल हुन सकेको छैन। प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा मुख खोलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।