काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी थालेको छ।
अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो सांगठनिक अनुभव, प्रमुख राजनीतिक दलका सांगठनिक पद्दति र संरचनाबारे अध्ययन थालेको छ।
साथै, संघीय र समाजवादी मुलुकका तत् सम्बन्धी दस्तावेजहरु पनि उपयोगी हुनसक्ने समितिले ठहर गरेको छ।
जसपाको राजनीतिक समितिले संगठनहरु गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय संगठन विभागले मातहतका पार्टी संगठन, समितिहरु र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ।
आगामी चैतसम्ममा विधान अधिवेशन गर्ने र जेठमा पार्टीको महाधिवेशन गर्ने जसपाको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।