काठमाडौं– नेपाल कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक शनिबार दिउँसो १ बजेका लागि तय गरिएको छ।
कांग्रेसले संसद् बैठकको तयारी स्वरुप छलफल गर्न संसदीय दलको बैठक बोलाएको जनाएको छ। सोमबार प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ।
संसदीय दलको बैठक अघि शुक्रबार कांग्रेस सभापति एवं दलका नेता शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरे।
बैठकमा शनिबार बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।