काठमाडौं– महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अहिले गठबन्धन भत्काउनतिर नलाग्ने टिप्पणी गरेका छन्।
सभापति शेरबहादुर देउवासँगको भेटबारे सोधिएको प्रश्नमा महामन्त्री शर्माले सभापति र महामन्त्रीका बीचमा भेटघाट र छलफल सामान्य विषय भएको बताए। उनले २२ गते संसदीय दलको र अन्य बैठकको पूर्वसन्धामा सभापतिसँग छलफल भएको र आफ्नो दृष्टिकोण राखेको उनले बताए ।
एमाले र माओवादी सत्ता साझेदारीप्रति लक्षित गर्दै उनले क्रिकेटमा अन्तिम ओभरमा गम्भीरता नपुगे हुने क्षति कांग्रेसले ब्योहोरेको टिप्पणीसमेत गरे।
‘हामीले पनि आफूहरुले गरेको गल्तीमा आत्मआलोचना गरेका छौं। पार्टीले भूमिका नदिएको असन्तुष्टि पनि राखेका छौं,’ उनले भने, ‘ सबै कुरा राखेर छलफल गरेका छौं। हामीले शनिबारदेखि आगामी दिनका विषयमा कुराकानी गर्ने भनेका छौं।’
उनले विवाद आउने अनि फेरी अघि वढ्ने पनि बताए । पार्टीको वैठकमा सभापति र महामन्त्री दुवैको आलोचना र आत्माओलचना हुने भन्दै सवैको कमजोरी केलाएर जाने रुपमा रहेको उनले बताए ।
महामन्त्री शर्माले कांग्रेसले कुनै दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री अफर गरेको कुरामा आफू संलग्न नरहेको पनि उनले प्रष्ट बारे। उनले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसको अवस्था रहेको बताउँदै उनले भने, ‘भर्खरै बनेको समीकरण अहिले नै भत्काउनेमा कांग्रेस लागेको छैन।’
पार्टी सभापति देउवाले पार्टीको आन्तरिक समस्याबारे छलफल गर्न शुक्रबार महामन्त्रीद्वय गगनकुमार थापा र शर्मालाई धुम्बाराही बोलाएका थिए। प्रधानमन्त्रीबाट बाहिरिएलगत्तै देउवा भाडामा बस्दै आएका छन्।
उनले पछिल्ला दिनहरुमा सोही स्थानबाट आफ्ना राजनीतिक भेटघाटको सक्रियता बढाइरहेका छन्। केही दिन अघि उनले शेखर कोइरालासँग पनि छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।