काठमाडौं– गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट सम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा मुद्दाको बहस भएको थियो। रिट निवेदक, सरकारी वकिल र रविका कानुन व्यवसायीले बहस गरे।
रिट निवेदका पक्षबाट बहस गर्नेहरुले लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग गरे। रविले नागरिकता दुरुपयोग गरेको उनीहरूको दाबी छ। लामिछानेका कानुन व्यवसायीले कोही पनि राज्यविहीन हुन नसक्ने भएकाले रिट खारेज हुनुपर्ने जिकीर गरेका छन्।
संवैधानिक इजलासले उनको मुद्दामा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा निर्णय सुनाउन दुई पक्षीय बहस गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।