• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘विष्ट बा’ को चिया पसल : जहाँ देउवाले अझै २ मोहोर तिर्न बाँकी छ 

धनु विश्वकर्मा/भूपेन्द्र शाह ठकुरी शनिबार, पुस २३, २०७९  ०७:२९
1140x725

काठमाडौं– बिहानीको लाली घामले त्रिवि परिसर न्यानो बनेको छ।

विद्यार्थीहरू न्यानोपना थप्न ‘विष्ट बाको चिया पसल’ तर्फ गइरहेका छन्। नानीकाजी विष्ट ताप्केमा चिया उमालिरहेका छन्। पसलका वरिपरी तेर्स्याइएका छन्, खुइलिएका पुराना बेञ्च।

युवा विद्यार्थीको एक जमात चिया पिउँदै गफिइरहेको थियो। र केही भने उमालिरहेको चियामा नजर लगाइरहेका थिए। 

ग्यासको चुलो भुइँमा  छ। कालो ज्याकेट र टोपी लगाएर टुसुक्क बसेका ७४ वर्षका नानीकाजी ग्राहकसम्म पुग्न सक्दैनन्। चिया पकाउने उनका हात पनि काँपिरहन्छन्। 

पाकेपछि ग्राहकहरू आफैं चिया लिन आइपुग्छन्। 

घडीघर अगाडि चियापसल थापेको ५८ वर्ष भएइसकेछ विष्टले। तर चिया पसलको कुनै साइनबोर्ड छैन। चिन्नेहरूले ‘विष्ट बाको चिया पसल’ भनेर सम्झन्छन्। नानीकाजीको सानो चिया पसलका अधिकांश ग्राहक त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू छन्। हामी पुग्दा चिया पसलमा नेविसंघका परिचित नेता थिए।  जो विष्टले उमालिरहेको चियाको प्रतीक्षा गरिरहेका थिए।

६ दशकको इतिहास बोकेको विष्टको चिया पसलमा नानीकाजीसँग थुप्रै स्मृति छन्। यहीँ चिया पिएका विद्यार्थीहरू ठूला नेता भए, मन्त्री भए, प्रधानमन्त्रीसम्म भए। तर उनीहरूले उधारो पिएको चियाको पैसा कहिल्यै पाएनन् विष्टले। ‘मेरो पसलमा उधारो खानेको नाम कान्तिपुर पत्रिकामा छापियो। अहिले त उधारो गर्न डराउँछन् विद्यार्थीहरू,’ नानीकाजी हाँस्दै सुनाउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उधारो खानेहरूको नाम उनले डायरीमा टिप्नै छाडिसके। र पैसा माग्न पनि। तर नतिर्नेहरूको सम्झना भने आइरहँदो रहेछ नानीकाजीलाई।

उनले कहिल्यै नबिसर्ने नाम हो पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा। शेरबहादुर त्यतिबेला त्रिविमा विद्यार्थी राजनीति गर्थे। उनको नियमित चिया अड्डा थियो विष्टको पसल। विष्ट र देउवाबीच मित्रता नै थियो त्यतिबेला। तर पसलमा उधारो पिएको चियाको पैसा देउवाको अझै बाँकी रहेछ। नानीकाजी सम्झन्छन्, ‘शेरबहादुरको उधारो सात मोहोर थियो। पाँच दिए, दुई अझै बाँकी छ।’

देउवाको चुरोट तान्ने लत थियो। एक खिल्ली नसकिँदै उनी अर्को खिल्ली माग्थे। कहिल्यै नहाँस्ने, गजधम्म परेर बस्ने देउवाको स्वभावलाई नानीकाजीले प्रायः नियाल्थे।  देउवा नानीकाजीलाई ‘विष्ट जी’ भन्थे। नानीकाजी ‘देउवा सर’ भनेर सम्बोधन गर्थे।

देशमा राजनीतिक परिवर्तन तीव्र भइराखे। उनको चिया पसलमा आउने विद्यार्थीहरू पनि बदलिरहे। त्यही क्रममा पहिलो पटक उनले देउवा प्रधानमन्त्री बनेको समाचार रेडियोमार्फत् सुने। आफ्नै साथी प्रधानमन्त्री हुँदा उनी गद्‌गद्‌ भए। त्यसपछि त देउवा पटक–पटक प्रधानमन्त्री भए। तर नानीकाजीले आफूजस्तै मानिसहरूको जीवनमा चाहिँ कहिल्यै परिवर्तन देख्न पाएनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नानीकाजीलाई धेरै कुरा स्मरण छैन। जति छन्, त्यो पनि चिया जस्तै धमिलो। उनले देउवाको निजी स्वकीय सचिव भानु देउवाको नम्बर राखेका छन्। कहिलेकाहीँ फोन दबाउँछन्। एकपटक टियुले उनलाई  पसल उठाउने उर्दी दियो। नानीकाजीले भानुलाई फोन गरेर भने, ‘म कतै जान्न भनेर देउवालाई सुनाइदिनू।’

तर कुनै प्रतिक्रिया आएन।

भानुले देउवालाई सुनाए, सुनाएनन् थाहा छैन। तर टियुले उनले टहरो उठाउन चाहिँ उठाएको छैन। 

देउवा पछिल्लो पटक ललितकलाको उद्घाटन गर्न पुगेका थिए। देउवा भेट्न चाहनेहरूको बाक्लो लाइनमा मिसिएका थिए नानीकाजी। उनलाई देउवासँग हात मिलाउँदै भन्न मन थियो, ‘बरु मलाई उधारो बाँकी राखेको पैसा चाहिन्न। यहाँबाट कतै नउठाइयोस्।’ 

तर त्यो रहर पूरा भएन। 

०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। ०२१ मा पहिलो पटक टियुको हातामा विष्टले चियापसल खोले। तत्कालीन त्रिविका रेक्टर त्रैलोक्य नाथ उप्रेतीले उनलाई चिया पसल खोल्न दिएका थिए। 

त्यो बेला एक मात्र विष्टको चियापसल थियो। र कालान्तरमा यो चियापसल नेपालको विद्यार्थी राजनीतिको साक्षी बनिरह्यो।

उनले सधैँ सम्झिरहने प्रसङ्ग अर्को पनि छ। तत्कालीन युवराज दीपेन्द्र शाह त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा भूगोल विषय लिएर पढ्थे। उनी पनि चुरोटको अम्मली। ‘दीपेन्द्र सधैं गार्डलाई मेरोमा लालीगुँरास चुरोट लिन पठाउँथे,’ उनी सम्झन्छन्, ‘अनि म खुसी भएर दिन्थेेँ।’ 

दीपेन्द्र युवराज घोषित हुने दिन नारायणहिटी दरबारमा विष्ट जान खोजे। बुबाको निधन भएकाले उनी सेतो पोशाकमा थिए। सेतो पहिरनकै कारण उनलाई गेटबाट भित्र प्रवेश गर्न दिइएन। 

०००

नानीकाजी आफ्नो पसलमा चिया पिएकाहरू मन्त्री, प्रधानमन्त्री तथा ठूलो पदमा पुगेकोमा गर्व गर्छन्। सँगै एउटै गुनासो पनि, ‘उधारो पैसा किन दिएनन्?’

पहिले पहिले खातामा टिपेका थिए उधारो राखेकाहरूको नाम। त्यो डायरी छोराले च्यातिदिए।

चिया बेचेरै जसोतसो जीवन धानेका नानीकाजीले जीवनको लामो हिस्सा यहीँ नै बिताए। चिया बेच्दाबेच्दै हुर्किए चार छोरी (लक्ष्मी, विष्णु, सीता र दुर्गा) र छोरा प्रिन्जल।  

विष्टका आँखाले ५८ वर्षदेखिको विद्यार्थी राजनीति नजिकबाट नियालेका छन्। उबेला थुप्रै ढुंगामुढा र रक्ताम्मे शरीर देखेका छन् उनले।

चिया पसलको टहरा नफेरिए पनि त्रिविकाे स्वरुप फेरियाे। ठूल्ठूला भवन निर्माण भए। ‘सुरुमा म पाँच पैसामा एक कप चिया बेच्थेँ। अहिले दुध चिया २० र कालो चिया १५ मा बेच्छु। मेरो पसलमा बदलिएको यति हो,’ नानीकाजी भन्छन्।

उनको चिया सबैभन्दा बढी स्ववियुको निर्वाचनको बेला बिक्री हुन्थ्यो। नानीकाजी बुबालाई पसलमा राखेर चुरोट किन्न असन/भोटाहिटी धाउँथे। चुनावताका उनले एक पटक ७ हजारसम्मको चिया बेचे। 

०६२/६३ पछि एउटा नमीठो घटना घटेको छ नानीकाजीको पसलअघि। अखिल र नेविसंघका विद्यार्थी एकआपसमा झगडा गर्दा बेन्च भाँचिएको थियो। त्यो घटना सम्झँदा अहिले पनि नरमाइलो लाग्छ नानीकाजीलाई।

०४६ सालको आन्दोलनमा त्रिविमा आउन प्रतिबन्ध लागेको प्रसङ्ग पनि उनी सम्झन्छन्। त्यतिबेला उनी त्रिविको गेटसम्म पुगेर फर्किएका थिए। ०६२/६३ को आन्दोलनमा पनि त्यसैगरी फर्किए।

‘टियुले उठाउन खोजेको छ। तर अहिले त्यसरी फर्किनुचाहिँ परेको छैन,’ नानीकाजी भन्छन्। 

०००

कीर्तिपुरस्थित भाजंगलमा ०५ सालमा जन्मे नानीकाजी। अहिले पनि त्यहीँ छ उनको घर। जग्गा बेचेर, ऋण गरेर तीन तलाको घर जोडेका छन् नानीकाजीले।

घरमा श्रीमती कमला विष्ट बिमार भइरहन्छिन्। नानीकाजी पनि बेला बेलामा बिरामी भइरहन्छन्। 

एकताका झाडापखाला लागेर दुई महिना पसल बन्द भयो। उच्च रक्तचापको विरामी छन् उनी। चिया बेचेर उधारो गएकै कारण पैसा कहिल्यै बचत भएन। कहिलेकाहीँ त लाग्दो रहेछ, ‘अन्त काम गरेको भए जीवन अर्कैै भइसक्थ्यो होला।’ 

विष्टको सानो चिया पसलमा पनि ८ पटक चोरी भयो। जोरजाम गरेर थपेको सामान पनि पटक पटक चोरीले रित्तिँदा उनी निराश बन्न पुगे। 

तर पनि उनी चिया बेच्न छाड्दैनन्। उनी यसैमा रमाएका छन्। जतिले चिने, चिया बेचेकै कारण चिने। जति साथी बने, चिया पसलमै बने। त्यसकारण उनी सकुन्जेल यहीँ बसेर विद्यार्थीहरूलाई चिया पिलाउन चाहन्छन्। ‘तर उधारोचाहिँ अब कसैले नराखिदिए हुन्थ्यो,’ नानीकाजी उम्लिरहेको चिया गिलासमा हाल्दै भन्छन्। 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०७:२९
  • #देउवा
  • #विष्ट बाको चिया पसल
  • #नानीकाजी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्