काठमाडौं- प्रतिनिधि सभाको सभामुखको निर्वाचन आउँदो माघ ७ गते र उपसभामुखको ९ गते गर्ने तयारी गरिएको छ।
शुक्रबार बसेको सर्वदलीय बैठकमा उक्त मितिमा निर्वाचन गर्ने विषयमा समेत छलफल गरिएको बैठकमा सहभागी राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले बताए।
मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ। पहिलो बैठक सञ्चालनबारे संघीय संसद् भवन बानेश्वरमा शुक्रबार सर्वदलीय बैठक भएको हो।
सत्ता साझेदार दलमा सभामुख नेकपा एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी वा माओवादी केन्द्रले लिने तय भएको छ।
पुस २६ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।